ज्ञानु संगम खड्का/नेपालगन्ज : हिन्दु नारीहरुको महान चाडको रुपमा लिइने पर्व हो तीज। यस तीजलाई रमाइलो अनि उमंग थप्ने काम गर्छ गीत संगीतले। त्यसै अनुरुप तीजलाई लक्षित गरेर विभिन्न गीतहरू सार्वजनिक भएका छन् ।
सार्वजनिक केही गीतहरू विकृतिजन्य छन् भने केही गीतहरूले मौलिकता पनि बोकेका छन् । यसबीच, गायक जय देवकोटा र प्रीति आलेको सुमधुर आवाजमा मौलिकपन बोकेको तीज “मात चढ्यो कि” सार्वजनिक भएको छ। गीतमा जय देवकोटाको संगीत रहेको छ भने प्रकाश न्यौपानेको शब्द रहेको छ।
गीत एकदम मौलिक छ। सुन्ने जोकोहीलाई आनन्द अनि नाँचौ नाँचौ लाग्ने गर्छ। उसो त विगत लामो समयदेखि जयले मौलिक गीतहरु मात्रै गाउँदै आएका छन् । र यो गीतबाट पनि छोटो समयमै दर्शक स्रोताको राम्रो प्रतिक्रिया मिलेको छ जयलाई। गीतको अडियो उत्कृष्ट छ।
भिडियोमा पनि मौलिकपनलाई एकदम ध्यान दिइएको छ। भिडियोका निर्देशक राम लामा हुन् । भिडियोमा प्रीति आले, राम लामा, पुनम गुरुङ लगायतको धमाकेदार डान्स रहेको छ।
गणेश सापकोटाले खिचेको भिडियोलाई सुबास अमगाईँले सम्पादन गरेका हुन् । भिडियो “प्रीति आले सुबास केसी” युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो…