
काठमाडौं : लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इङ्गेजमेन्ट गरेका छन्। पछिल्लो केही वर्षयता प्रेम सम्बन्धमा रहेका यि दुईले बुधबार इङ्गेजमेन्ट गरेका हुन्।
सांगीतिक कार्यक्रमको लागि दुबईमा रहेका यि दुईले बुर्ज खलिफा अगाडि एक अर्कालाई औँठी लगाइदिएर इङ्गेजमेन्ट गरेका हुन्। इङ्गेजमेन्ट पश्चात् महेशले केही तस्वीर समेत सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेका छन्।

‘सहयात्राको सुरुवात’ भन्दै महेशले बुधबार इङ्गेजमन्टका तस्वीरहरु सार्वजनिक गरेका हुन्। जहाँ महेश र अस्मिता निकै खुशी देखिएका छन्।तस्वीरहरु हेर्दा कुनै तामझाम बिना नै सरल र सुन्दर तरिकाले यि दुईले इङ्गेजमेन्ट गरेको देखिन्छ।
बेलाबेला यि दुईको प्रेम सम्बन्ध बारे समाचारहरु बाहिर आएका थिए। तर यि दुईले नै अस्विकार गर्दै आइरहेका थिए।

