
काठमाडौं : नेपाली फिल्म इन्डस्ट्रीमा एक अर्काका प्रतिस्पर्धीको रुपमा अभिनेता अनमोल केसी र प्रदीप खड्कालाई मान्ने गरिन्छ। यतिबेला यि दुबैका फिल्महरु हलमा एकसाथ प्रदर्शन भइरहेका छन्।
गत बिहीबारदेखि प्रदीप अभिनित फिल्म ‘पुजार सार्की’ र अनमोल अभिनित ‘फर्कि फर्की’ एकसाथ प्रदर्शनमा आएका हुन्। यि दुबै अभिनेता हलमा दर्शक भेटघाट गर्न हिडिरहेका छन्।
शनिबार क्युएफएक्स भक्तपुरमा अनमोल र प्रदीपको जम्का भेट भयो। ‘पुजार सार्की’को टिम ‘फर्की फर्की’को टिम भन्दा अघि हलमा पुगेको थियो। प्रदीपले आफ्ना फ्यानसँग साक्षात्कार गर्दैगर्दा अनमोलको प्रवेश भएको हो।
उसो त प्रदीपले अनमोललाई भेट्ने इच्छा गरेका थिए। आफूहरुबीच कुनै दुश्मनी नरहेको भन्दै अनमोलले भेट्न चाहे आफूले भेट्ने भन्दै प्रदीपले भेट्ने इच्छा गरेका थिए। तर आमान्ने सामान्ने हुँदा पनि अनमोल नभेटी भित्र छिरेका थिए।
अनमोलका सुरक्षाकर्मीहरुले १ मिनेट पनि प्रदीप भएको ठाउँमा उभिन दिएनन्। त्यसैले अनमोल र प्रदीप नजिकै हुंदा पनि बोलचाल हुन पाएन।