
काठमाडौं : आगामी ३० गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘द रेड सुटकेस’को ग्रान्ड प्रिमियर गरिएको छ। मंगलबार साँझ काठमाडौंको सिडिसी सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले प्रिमियर शो गरेको हो।
प्रिमियरमा अभिनेता विपिन कार्की, अभिनेत्री मिरुना मगर, निर्देशक मीन भाम, साहित्यकार विप्लव प्रतीक, अभिनेता महेश त्रिपाठी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्तिथि रहेको थियो। फिल्म हेरिसकेपछि सबैले राम्रो प्रतिक्रिया दिएका थिए।

फिल्मले मन छोएको भन्दै कुनैकुनै दृश्यले भावुक बनाएको धेरैको प्रतिक्रिया थियो। फिडेल देवकोटाको निर्देशन रहेको यो फिल्म आइसफल प्रोडक्सनको व्यानरमा निर्माण भएको हो। फिल्ममा फिडेल देवकोटाकै कथा रहेको छ। विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा समेत अवार्ड जितिसकेको यो सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्।

फिल्मको नेपाल पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको हो। सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा र सृष्टि श्रेष्ठ लगायतका कलाकारहरुको फिल्ममा मुख्य भुमिका रहेको छ। शोजमा विभेद गरेर निकै कम शो दिएकोले निर्माण टिमले क्युएफएक्स चेनमा फिल्म रिलिज नगर्ने घोषणा समेत गरेको छ। तर अन्य मल्टिप्लेक्समा चाहिँ फिल्म रिलिज हुनेछ।
