
काठमाडौं : केशव कठायतको नयाँ गीत ‘माया के हो ?’ रिलिज भएको छ। केही दिन अघि केशवले आफ्नै युट्युब च्यानलबाट गीत रिलिज गरेका हुन्।
गीतमा केशवकै आवाज रहेको छ। अनिल शर्माको शब्द रहेको गीतमा दीपक आरजेको संगीत रहेको छ। गीत लोक-पप प्याटर्नमा आधारित रहेको छ।
गीतको भाव अनुसार भिडियो बनाइएको छ। एउटा प्रेमिल जोडीको कथालाई भिडियोमा देखाइएको छ। भिडियोमा केशव स्वयं फिचर्ड छन्। केशवलाई कलाकार रोश्नी कार्कीले साथ दिएकी छिन्। केशव र रोश्नीको केमिस्ट्री भिडियोमा गजब देखिएको छ।
भिडियोलाई जिबी आग्रीले निर्देशन गरेका हुन्। योदिन लामाले खिचेको भिडियोलाई मीन रावलले सम्पादन गरेका हुन्।