
काठमाडौं : अभिनेत्री आँचल शर्मा अभिनित पछिल्लो चलचित्र ‘डिग्री माइला’ आगामी ३० गतेदेखि प्रदर्शन हुँदैछ। आँचलले पहिलोपटक अभिनेता दयाहाङ राईसँग स्क्रिन सेयर गरेकी हुन्।
सार्वजनिक चलचित्रको ट्रेलर र गीतको स्क्रिनमा आँचल र दयाको केमिस्ट्री दर्शकले निकै रुचाएका छन्। अब पूरा चलचित्रमा कत्तिको रुचाउने हुन् त्यो त प्रदर्शन पछि थाहा होला।
उसो त चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिम यतिबेला प्रचारप्रसारमा निकै व्यस्त छ। यसैबीच, प्रचारप्रसारकै लागि ‘डिग्री माइला’ टिमले बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको थियो। जहाँ चलचित्रका निर्देशक रामबाबु गुरुङ, मुख्य कलाकार दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतको टिम उपस्थित थियो।
आँचल चाहिँ निकै बोल्ड र सुन्दरी बनेर पुगेकी थिइन्। उनै ‘डिग्री माइला’की आँचलका फोटोग्राफर राज मल्लले कैद गरेका आकर्षक तस्वीरहरु :-

तस्वीर : राज मल्ल

तस्वीर : राज मल्ल

तस्वीर : राज मल्ल

तस्वीर : राज मल्ल
