काठमाडौं : लोकप्रिय गायक राजेश पायल राईले डिभोर्स गरेका छन्। उनले पत्नी साङ्बुङ राईसँग यसैसाता डिभोर्स गरेको स्रोतले जनाएको छ।
आपसी मेलमिलापमा नै दुबैजनाले डोभोर्स गरिएको बुझिएको छ। स्रोतका अनुसार डिभोर्स गरेसँगै पत्नीलाई नक्सालमा रहेको झन्डै ५ करोड पर्ने घर र नगद ५० लाख दिनेभएका छन्। साथै राजेशले छोराको पढाइ खर्च पनि बेहोर्ने छन्।
राजेशले केही वर्ष अघि विवाह गरेका थिए। उनको १ छोरा छन्। उनको डिभोर्सको खबरले यतिबेला सांगीतिक क्षेत्र तरंगित भएको छ। उसो त मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै बुधबार राति राजेश पक्राउ पनि परेका थिए। प्रहरीको सम्झाई बुझाईमा बिहीबार छुटेका राजेशको डिभोर्सको खबरले फ़ेरि माहोल गर्माएको छ।