
काठमाडौं : फिडेल देवकोटा निर्देशित सिनेमा ‘द रेड सुटकेस’को ट्रेलर रिलिज गरिएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर रिलिज गरेको हो।
ट्रेलरमा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ। एक व्यक्तिले काठमाडौंबाट बेयुलसम्म सुटकेस ल्याएको परिवेशलाई ट्रेलरमा देखाइएको छ।
आइसफल प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमा यहीँ ३० गतेदेखि रिलिज हुनेछ। सिनेमामा फिडेल देवकोटाकै कथा रहेको छ। विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा समेत अवार्ड जितिसकेको यो सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्।
सिनेमाको नेपाल पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको हो। सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा र सृष्टि श्रेष्ठ लगायतका कलाकारहरुको सिनेमामा मुख्य भुमिका रहेको छ।