
काठमाडौं : अनिल बुढा मगरको लेखन र निर्देशन रहेको सिनेमा ‘घर ज्वाईं’को दुई फरकफरक क्यारेक्टर पोस्टर रिलिज गरिएको छ। निर्माण टिमले आइतबार सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर समावेश रहेका क्यारेक्टर पोस्टर आउट गरेको हो।
एउटा पोस्टरमा दयालाई मात्र प्रस्तुत गरिएको छ। जहाँ दया भरुवा बन्दुक बोकेर रिसाहा मुडमा कतै हिडिरहेका देखिन्छन्।भने अर्को पोस्टरमा चाहिँ मिरुनाले डोको बोक्दै केही उन्दै गरेको अवस्थामा छिन्। उसो त मिरुनासँगै दया पनि ५ वटा डोका डोका बोकेर मिरुनाको पछि लागेका छन्।

पोस्टर हेर्दा सिनेमा मौलिक कथामा बनेको सजिलै आँकलन लगाउन सकिन्छ। आगामी वर्षको असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमाका लेखक अनिल बुढामगर, विनोद खतिवडा र सुवास कोइराला हुन्।
जि एममुभिज प्रडक्सन प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता जनक घर्ती मगर हुन्। रुकुमका विभिन्न स्थानमा सुटिङ गरिएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्।

दयाहाङ राई ,मिरुना मगर,बुद्धि तामाङ, पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा, राज थापा,कविता आले,शिला आले,अनु थापा,बिना थापा मगर,खबपु पुन,सोनाम लामा,बिबेश बुढा मगर,सुनिल मगर लगायतका कलाकारहरुलाई सिनेमामा देख्न पाइनेछ।