काठमाडौं : प्रदर्शनमा आएसँगै चलचित्र ‘महाजात्रा’ टिम हक भिजिटमा निस्किएको छ। चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, निर्माता म्याक्स दिपेश खत्री, निर्देशक प्रदीप भट्टराई लगायतको टिम शुक्रबार हल भिजिटमा निस्किएको हो।
टिमले ललितपुर स्थित क्युएफएक्स लबिम मलबाट दर्शक भेटघाट सुरु गरेको हो। शुक्रबार दिउँसोको शो हेर्न पुगेका दर्शकसँग चलचित्रका कलाकारहरुले साक्षात्कार गरेका हुन्। शुक्रबार नै टिमले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिनेछ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको छ। चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । कार्यकारी निर्मातामा रवीन्द्र सिंह बानियाँ रहेका छन्। यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।
फिल्मीपत्र
प्रतिक्रिया