काठमाडौं : यस वर्षकै बहुप्रतिक्षित चलचित्र ‘महाजात्रा’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ। मंगलबार काठमाडौंको सिभिल मलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै प्रिमियर शो भव्य तरिकाले गरिएको हो।
प्रिमियरमा अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जीतु नेपाल, निर्मल शर्मा, दयाहाङ राई, अभिनेत्री निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, गायक प्रकाश सपूत, निर्देशक रामबाबु गुरुङ,पुर्नेन्दु झा, सौरभ चौधरी, प्रचण्डमान श्रेष्ठ, अभिनेता गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, मोडल आश्मा विश्वकर्मा लगायतका सेलिब्रेटीले ‘महाजात्रा’ हेरेर प्रतिक्रिया राम्रो दिएका छन् ।
उसो त प्रिमियरमा सयौं कलाकर्मी, मिडियाकर्मी लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। प्रिमियर सकिएलगत्तै ‘महाजात्रा’को टिकट बुकिङ पनि खुल्ला गरिएको छ। मंगलबार बेलुकादेखि नै बुकिङ खुल्ला गरिएको हो। अब दर्शकले चलचित्रको टिकट खरिद गर्न सक्नेछन्। चलचित्रलाई मल्टिपिलेक्स तथा सिंगल थियटरमा राम्रो शो मिलेको छ।
चलचित्रले आक्रमक व्यापार गर्ने अनुमान पनि गरिएको छ। आगामी चैत्र ९ गतेदेखि चलचित्र नेपाल लगायत विश्वभर एकसाथ प्रदर्शन हुनेछ। प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको चलचित्रमा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल निर्माताको रुपमा रहेका छन्।भने रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माताको रुपमा रहेका छन्।
हरिवंश आचार्यको नेताको पात्र, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतका सम्पूर्ण कलाकारको अभिनय चलचित्रमा रहेको छ। चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। मित्र डि गुरुङले चलचित्र सम्पादन गरेका हुन्। चलचित्रको पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका हुन्।