‘महाजात्रा’ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं : आगामी चैत्र ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाजात्रा’ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। आइतबार सेन्सर बोर्डमा पास भएसँगै ‘महाजात्रा’ले युनिभर्सल सर्टिफिकेट समेत पाएको हो।

अब बच्चादेखि वृद्धसम्मकाले चलचित्र ‘महाजात्रा’ हेरेर मनोरञ्जन लिन सक्नेछन्। प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, दिव्य देव, शिशिर वांगदेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘महाजात्रा’को निर्मातामा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल रहेका छन्। त्यस्तै कार्यकारी निर्मातामा चाहिँ रवीन्द्र सिंह बानियाँ रहेका छन्। आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्याको कथा चलचित्रमा उठान गरिएको छ।

प्रतिक्रिया

TOP