काठमाडौं : अनिल बुढामगरको लेखन र निर्देशन रहेको चलचित्र ‘घर ज्वाईं’को छायांकन सकिएको छ। गत फागुन ५ गतेदेखि रुकुमका विभिन्न स्थानमा सुरु भएको छायांकन आइतबार सकिएको हो।
मौलिक कथामा आधारित चलचित्रमा दयाहाङ राई र मिरुना मगरको मुख्य भुमिका रहेको छ। जिएम मुभिज प्रोडक्सन प्रालिको व्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा जनक घर्ती रहेका छन्।
निर्माण टिमका अनुसार चलचित्रको छायांकन १ महिनामा सकिएको हो। चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन्। दया र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा, राज थापा,कविता आले,शिला आले,अनु थापा,बिना थापा मगर,खबपु पुन लगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ।
चलचित्र आगामी वर्षको असार २८ मा प्रदर्शन हुने बताइएको छ। पछिल्लो समय दया र मिरुनाको जोडी निकै फापिरहेको छ। अब ‘घर ज्वाईं’मा कत्तिको फाप्ने हो त्यो त प्रदर्शनपछि नै थाहा होला।