
काठमाडौं : हाल प्रदर्शनरत सिनेमा ‘अगस्त्य’ले यतिबेला दर्शकको राम्रो साथ पाइरहेको छ। यसैबीचमा ‘अगस्त्य’ टिमले भोलि सोमबार महिलाहरूलाई टिकटमा विशेष छुट दिने निर्णय गरेको छ।
निर्माण टिमले आइतबार आज सामाजिक संजालमा एक जानकारी दिँदै सोमबार ‘अगस्त्य’ हेर्न जाने जोकोही महिलाहरूलाई टिकटमा २५% छुट दिने घोषणा गरेको हो।
सौरभ चौधरीको लेखन र निर्देशन रहेको ‘अगस्त्य’मा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरी लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रमा प्रकाश मल्ल, विश्व गौचन, अनिश तामाङ र विनोद पौडेलको लगानी रहेको छ।