काठमाडौं : यस् वर्षको बहुप्रतिक्षित चलचित्र हो ‘महाजात्रा’। प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको यो चलचित्र रिलिज हुन अब धेरै दिन बाँकी छैन। आगामी चैत्र ९ गतेदेखि यो चलचित्र विश्वभर रिलिज हुँदैछ।
प्रदर्शन मिति नजिकिँदै गर्दा ‘महाजात्रा’ टिम यतिबेला प्रचारप्रसारमा निकै व्यस्त छ। टिमले मोफसल टुर गरेर दर्शकसँग भेटघाट एवम् साक्षात्कार पनि गरिसकेको छ। मोफसलका दर्शकहरुसँग भेटघाट गर्दा चलचित्रको ट्रेलर निकै रुचाइएको पाइयो। ट्रेलरले दर्शकको मन जितेको कुरा त युट्युबको कमेन्ट बक्स हेर्दा पनि थाहा हुन्छ।
दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको ट्रेलर यतिबेला भने युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ। युट्युबको फिल्म ट्रेन्डिङ अन्तर्गत पहिलो नम्बर हेर्ने हो भने यतिबेला ‘महाजात्रा’को ट्रेलर देख्न सकिन्छ। ९ लाख ८४ हजार बढी भ्युज, २० हजार लाइक र ५ सय बढी सकारात्मक कमेन्टसहित ट्रेलर फिल्म अन्तर्गत ट्रेनिङको पहिलो नम्बरमा परेको हो।
यसरी ट्रेलर नै युट्युबको फिल्म ट्रेन्डिङ अन्तर्गत शिर्ष स्थानमा परेको चाहिँ धेरै समयपछि हो। जुन कुराले ‘महाजात्रा’ टिमलाई खुशी मिलेको छ।