काठमाडौं : आगामी चैत्र ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाजात्रा’ को टिम यतिबेला देश दौडाहामा छ। गत सोमबार पोखरादेखि मोफसल टुर सुरु गरेको ‘महाजात्रा’ टिमले बुटवलमा पनि दर्शक भेटघाट गरिसकेको छ।
बुटवलका दर्शकसँग बुधबार साक्षात्कार गरेको टिम बिहीबार लुम्बिनी पनि पुग्यो। चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई, निर्माता म्याक्स दिपेश खत्री, कलाकार राजाराम पौडेल, निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ र प्रोडक्सन म्यानेजर रुपक प्रताप अधिकारी लुम्बिनी पुगेर गौतम बुद्ध, मायादेवी लगायतका मन्दिरको दर्शन गरेका हुन्।
लुम्बिनी दर्शन गरेपछि टिम बिहीबार नै काठमाडौं फर्किएको हो। पहिलो चरणको प्रमोसन टुर सम्पन्न गरेको टिमले आगामी ३० गते विर्तामोडदेखि दोस्रो चरणको प्रमोसन टुर गर्दैछ।