
काठमाडौं : अभिनेता विराज भट्टले निर्माण गर्न लागेको फिल्म ‘१२ गाउँ’मा पूर्व मिस नेपाल इन्टरनेश्नल न्यान्सी खड्का अनुबन्धित भएकी छिन्। बुधबार विराजसँग न्यान्सीको सम्झौता भएको हो।
न्यान्सीले यसै फिल्म मार्फत डेव्यू गर्दैछिन्। फिल्मको कथा अनुसारको सुहाउँदो पात्र भएकोले न्यान्सीलाई अनुबन्धित गरेको निर्माण टिमले जनाएको छ। उसो त फिल्ममा विराजका छोरा समीर भट्टले पनि डेव्यू गर्दैछन्। अब न्यान्सी र समिरको जोडी फिल्ममा हुन्छ वा हुँदैन, त्यो त पछि नै थाहा होला।

सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज पनि प्रमुख भूमिकामा देखिनेछन् ।फिल्मलाई विराज आफैंले निर्देशन गर्नेछन्। विराज भट्ट फिल्म्सको व्यानरमा निर्माण हुन लागेको ‘१२ गाउँ’ एक्सन जनरामा आधारित हुने बताइएको छ।