अस्ताए सांगीतिक आकाशका ध्रुव !

काठमाडौं : नेपाली सांगीतिक आकाशमा फ़ेरि अर्को ध्रुव तारा अस्ताएको छ। नेपाली सांगीतिक क्षेत्रका भजनशिरोमणी भक्तराज आचार्यलाई सोमबार मात्रै सांगीतिक क्षेत्रले गुमाएको हो। वरिष्ठ गायक तथा संगीतकार आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि मुखको क्यान्सरबाट पीडित आचार्यलाई सोमबार अक्सिजनको तह कमी भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको बताइएको छ।

‘मुटु जलिरहेछ, जति चोट दिन्छौं, जहाँ छन् वुद्धका आँखा, हजार सपनाहरुको’ लगायत सयौं लोकप्रिय गीतहरू दिइसकेका आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो। आचार्य लोकप्रिय गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यका पिता हुन्। आचार्यको निधनपछि नेपाली सांगीतिक क्षेत्र यतिबेला शोकमा डुबेको छ।

आचार्य नेपाली सांगीतिक क्षेत्रमा धेरैका आइडक थिए। उनका गीतहरू धेरैका साथी बनेका छन्। उनको निधनपछि अब नयाँ गीत सुन्नबाट दर्शक स्रोता सधैका लागि बन्चित भएका छन्।

प्रतिक्रिया

TOP