
काठमाडौं : आगामी वैशाख २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘हल्कारा’को विशेष शो गरिएको छ। आइतबार राजधानीमा टिम ‘मुभी लभर्स’ले विशेष शो’को आयोजना गरेको थियो।
‘मुभी लभर्स फिल्म स्क्रिनिङ’को परम्परालाई निरन्तरता दिँदै यसपालि बहुप्रतीक्षित चलचित्र ‘हल्कारा’को विशेष शो’को आयोजना गरिएको बताइएको छ।विशेष शोपछि अधिकांश चलचित्रकर्मीहरुले चलचित्रको प्रशंसा गरेका थिए।
विक्रम सापकोटाद्वारा निर्देशित र महेश त्रिपाठीद्वारा अभिनीत ‘हल्कारा’ चलचित्रप्रेमीका लागि वर्षदेखिको प्रतीक्षारत चलचित्र हो। कोभिडका कारण रिलिज मिति पछि सरेको अन्ततः आगामी ‘हल्कारा’ वैशाख २९ गते देशभर रिलिज हुँदै छ ।
थुप्रै अन्तर्राष्ट्रिय अवार्ड समेत जितिसकेको यस् चलचित्रमा महेश त्रिपाठी र विनीता थापा मगरको मुख्य अभिनय रहेको छ। चलचित्रलाई चिन्तनराज भण्डारीले छायांकन गरेका हुन्। ‘हल्कारा’ एउटा हुलाकीको कथा हो ।