काठमाडौं : रेनाशा राई राना निर्देशित चलचित्र ‘ज्याकी: आईएम ट्वान्टी वान’ यतिबेला हलमा प्रदर्शनरत छ। गत बिहीबारदेखि नेपालभर रिलिज भएको चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।
नेपालसँगै चलचित्र अब अमेरिकामा पनि रिलिज हुनेभएको छ। यहीँ मे १२ देखि अमेरिकामा प्रदर्शन हुने चलचित्र टिमले जनाएको छ। अमेरिकामा चाहिँ ‘नेपाल एलाभेन इन्टरटेन्मेन्ट’ले वितरण गर्ने बताइएको छ।
डान्सको कथामा आधारित यो चलचित्र नेपालको पहिलो हो। सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद चलचित्रमा रहेको छ।
चलचित्रमा धिरज मगर र जसिता गुरुङ मुख्य भुमिकामा रहेका छन् । त्यस्तै, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको समेत चलचित्रमा अभिनय देख्न सकिन्छ। चलचित्रमा जसिता ‘रुबी’को भुमिकामा छिन् भने धिरज ज्याकीको भुमिकामा रहेका छन्।