
काठमाडौं : गत बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ‘ज्याकी: आईएम ट्वान्टी वान’को नयाँ गीत रिलिज गरिएको छ। निर्माण टिमले शनिबार ‘सरस्वती नम:’ बोलको नयाँ गीत ‘आइकोर फिल्म्स’को युट्युब च्यानलबाट रिलिज गरेको हो।
गीतमा स्वप्निल शर्मा, यूनिक पोइट, त्रिशला गुरुङ, रोहित शाक्य र किरण थापाको आवाज छ। गीतको शब्द स्वप्निल शर्मा र यूनिक पोइटले लेखेका हुन्।भने, म्युजिक उत्पादन रोहित शाक्यले गरेका हुन्।
भिडियोमा फिल्मका मुख्य कलाकार धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री लगायतको आकर्षक डान्स देख्न सकिन्छ। हिपहप जनरामा भिडियो निर्माण गरिएको छ। त्यसो त, फिल्म नै डान्स ड्रामामा आधारित छ।
रेनशा राई राना निर्देशित फिल्मले यतिबेला राम्रै तारिफ पाइरहेको छ। हलसम्म पुग्ने दर्शकको संख्या विस्तारै बढ्दै पनि गईरहेको छ। आजसम्म बनेका फिल्महरुमध्ये यो फिल्म नितान्त फरक छ।