बिर्तामोडमा ‘ज्याकी आईएम ट्वान्टी वान’ टिमलाई विद्यार्थीको राम्रो साथ

काठमाडौं : यतिबेला चलचित्र ‘ज्याकी: आईएम ट्वान्टी वान’ टिम पूर्वमा छ। मोफसल प्रचारप्रसार गर्नको लागि टिमले शुक्रबार विर्तामोडका विभिन्न स्थानमा पुगेर दर्शकसँग प्रत्यक्ष भेतघाट गरेको छ।

बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्ट, पाथीभरा सिनेप्लेज, क्युएफएक्स सिनेमाज बिर्तामोड र इस्ट होराइजन इङलिस स्कुलमा पुगेर ‘ज्याकी’ टिमले प्रत्यक्ष साक्षातकार गरेको हो।

टिमसंग भेटघाट गर्नको लागि आदर्श स्कुलका विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो। चलचित्रका मुख्य पात्र धिरज मगर र जसिता गुरुङसँग विद्यार्थीहरु निकै झुमेका थिए। धिरज र जसितासँग सेल्फी लिने लागि विद्यार्थीको घुइँचो थियो।

टिम बिर्तामोडपछि शुक्रबार नै दमक पुगेको थियो। भोलि शनिबार भने धरान र इटहरीमा पुगेर टिमले दर्शकसँग भेटघाट गर्नेछ।

चलचित्रका मुख्य पात्र धिरज मगर, जसिता गुरुङ, चलचित्रका पब्लिसिटी डिजाइनर रोयल भिमसेन, मिडिया कोर्डिनेटर विजय आवाज, सोसल मिडिया म्यानेजर विवेक खकुरेल लगायतको टिम यतिबेला पूर्वमा रहेको छ।

रेनशा राई रानाको निर्देशनमा तयार भएको चलचित्र आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रलाई लिएर दर्शकहरु निकै उत्साहित छन्।

प्रतिक्रिया

TOP