
काठमाडौं : मोफसल प्रचारप्रसारलाई निकै तिव्रता दिएको चलचित्र ‘ज्याकी :आईएम ट्वान्टीवान’ भोलि शुक्रबारबाट पूर्वका शहरहरुमा पुग्ने भएको छ। शुक्रबार दमक र बिर्तामोडका दर्शक एवम् मिडियाकर्मीसँग चलचित्र टिमले साक्षात्कार गर्नेछ।
त्यस्तै टिमले आगामी शनिबार चाहिँ धरान र इटहरीमा पुगेर दर्शकसँग भेटघाट गर्नेछ। चलचित्रका मुख्य पात्र धिरज मगर, जसिता गुरुङ, चलचित्रका पब्लिसिटी डिजाइनर रोयल भिमसेन, मिडिया कोर्डिनेटर विजय आवाज, सोसल मिडिया म्यानेजर विवेक खकुरेल लगायतको टिम बिहीबार नै पूर्व प्रस्थान गरेको हो।
यस् अघि टिमले बुट्वल, नेपालगन्ज र काठमाडौंका विभिन्न स्थानमा पुगेर प्रचारप्रसार गरिसकेको छ। चलचित्र आगामी वैशाख २१ गतेदेखि प्रदर्शनमा आउँदैछ। प्रदर्शन मिति एकदम नजिक भएकोले पनि टिमले प्रचारप्रसारलाई झन् तिव्रता दिएको हो।