नेपालगन्ज : केही दिन अघि चलचित्र ‘ज्याकी: आईएम ट्वान्टी वान’का मुख्य पात्र धिरज मगर र जसिता गुरुङ नेपालगन्ज आएका थिए। चलचित्रको मोफसल प्रमोसन गर्न नेपालगन्ज आइपुगेका उनीहरूले नेपालगन्जको क्युएफएक्स बागेश्वरी भिजिट गर्नुका साथै बागेश्वरी मन्दिर समेत दर्शन गरेका थिए।
त्यति मात्रै कहाँ होर, जसिता र धिरजले नेपालगन्जका अटो रिक्सामा बसेर ‘ज्याकी: आईएम ट्वान्टी वान’को प्रचारप्रसार गरे। अटो रिक्सामै बसेर मिडियालाई अन्तर्वार्ता दिएका थिए।
चलचित्रको प्रचारप्रसारमा टेवा पुगोस् भने बागेश्वरी क्युएफक्सबाट बिपी चोकसम्म अटो रिक्सा र्याली समेत गरिएको थियो। अटो रिक्सामा ‘ज्याकी’को पोस्टर टाँसेर गरिएको र्यालीमा जसिता र धिरज खुशी हुँदै सहभागी बनेका थिए।
नेपालगन्जको चर्को गर्मीको प्रवाह नगरि अटो रिक्सामा बसेर चलचित्रको प्रचारप्रसार गर्न पाउँदा नौलो अनुभव रहेको धिरज र जसिताले बताएका थिए। उनीहरू पहिलोपटक नेपालगन्ज आएका थिए।
त्यसो त, चलचित्रका पब्लिसिटी डिजाइनर रोयल भिमसेन, मिडिया कोर्डिनेटर विजय आवाज, सोसल मिडिया म्यानेजर विवेक खकुरेल लगायतको टिम पनि अटो रिक्सा र्यालीमा सहभागी बनेको थियो।