नेपालगन्ज : चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’को टिम शनिबार नेपालगन्जमा थियो। शुक्रबारबाट मोफसल प्रमोसन सुरु गरेको टिम प्रमोसनकै लागि शनिबार नेपालगन्ज आइपुगेको हो।
चलचित्रका नायक धिरज मगर, नायिका जसिता गुरुङ, मिडिया कोअर्डिनेटर विजय आवाज, पब्लिसिटी डिजाइनर रोयल भिमसेन, सोसल मिडिया म्यानेजर विवेक खकुरेल लगायतको टिमले नेपालगन्ज स्थित क्युएफएक्स सिनेमाज बागेश्वरी भिजिट गरेको थियो।
टिमले बागेश्वरी सिनेमामा आएका दर्शकसँग भेटघाट समेत गर्यो। दर्शकहरु एक्कासि धिरज एअ जसितालाई देख्न पाउँदा निकै उत्साहित बनेका थिए। अधिकांश दर्शकबाट जसिता र धिरज घेरिएका थिए।
टिमले शनिबार नै चलचित्र पत्रकार संघ नेपाल बाँके शाखासँग साक्षात्कार समेत गरेको थियो। नेपालगन्जका अधिकांश पत्रकारहरुको साक्षात्कार कार्यक्रममा उपस्थिति रहेको थियो। नेपालगन्ज आएर ‘ज्याकी’को बारेमा केही कुरा राख्न पाउँदा आफुहरु निकै खुशी भएको धिरज र जसिताले बताएका थिए।