नेपालगन्ज : आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’को टिम यतिबेला मोफसल टुरमा छ। टिम शुक्रबारबाट मोफसलका दर्शकसँग भेटघाट गर्न निस्किएको हो।
शुक्रबार टिमले बुटवल स्थित क्षितिज इन्टरनेशनल कलेजका विद्यार्थीहरुसँग भेटघाट गरेको छ। विभिन्न गेम खेलाउँदै ‘ज्याकी’ टिमले विद्यार्थीहरुलाई आकर्षक पुरस्कार समेत प्रदान गरेको थियो। धिरज र जसितालाई देख्ने बित्तिकै विद्यार्थीहरु निकै उत्साहित भएका थिए।
कतिले धिरज र जसितासँग तस्वीर खिचाए, कतिले सेल्फी लिए त कतिले अटोग्राफ पनि। जे होस्, करिब एक घण्टासम्म कलेजका विशिष्ट व्यक्तिहरु लगायत विद्यार्थीहरुले ‘ज्याकी’ टिमलाई साथ दिएका थिए।
टिमले बुटवलका विभिन्न स्थानमा भेटघाट गर्नेछ । बुटवलपछि टिम शनिबार नेपालगन्जका दर्शकसँग भेटघाट गर्न आइपुग्नेछ।चलचित्रका नायक धिरज मगर, नायिका जसिता गुरुङ, चलचित्रका पब्लिसिटी डिजाइनर रोयल भिमसेन, सोसल मिडिया म्यानेजर विवेक खकुरेल, मिडिया कोअर्डिनेटर विजय आवाज लगायतको टिम मोफसल टुरमा रहेको छ।