नेपालगन्ज : प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’को टिमले प्रचारप्रसारलाई निकै तिव्रता दिएको छ। प्रचारप्रसारकै लागि टिम बिहिबारदेखि मोफसल टुरमा निस्किँदै छ।
चलचित्रका नायक धिरज मगर, नायिका जसिता गुरुङ, चलचित्रका पब्लिसिटी डिजाइनर रोयल भिमसेन, सोसल मिडिया म्यानेजर विवेक खकुरेल, मिडिया कोअर्डिनेटर विजय आवाज लगायतको टिम मोफसल टुरमा निस्किने छ।
बिहीबार टिमले बुटवलका दर्शकसँग भेटघाट गर्नेछ।भने शनिबार नेपालगन्जमा आउनेछ। नेपालगन्ज स्थित क्युएफएक्स सिनेमाज बागेश्वरी भिजिट गर्नुका साथै मिडियाकर्मीहरुसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको टिमले जनाएको छ।
चलचित्र आगामी वैशाख २१ गतेबाट प्रदर्शन हुँदैछ। रेनाशा वान्तवा राईले चलचित्रको निर्देशन गरेकि हुन्। डान्सर बन्ने लक्ष्य लिएका युवाहरुको कथामा आधारित चलचित्रमा धिरज र जसिताका अलावा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको समेत अभिनय रहेको छ।
आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको सम्पुर्ण पब्लिसिटीको जिम्मेवारी रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को टिमले सम्हालेको छ।