काठमाडौं : विगत डेढ वर्षदेखि आफ्नो जीवनमा घटेको घटेको एक घटनाबाट गायिका समीक्षा अधिकारी विक्षिप्द बन्दै आइरहेकी छिन्। कुन घटना हो त्यो त सबैमाझ सर्बबिधितै छ। सोही घटनाले गर्दा समिक्षालाई बेलाबेला निकै पिरोलीरहेको हुन्छ।
झन् उनलाई आउने नकारात्मक कमेन्ट र गालेले त झन् पिरोल्ने गर्छ। आफ्नो मनको पीडा भुलाउन समिक्षाले अनेक कोशिश गरिरहेकी हुन्छिन् तर सक्दिनन्। आजमात्रै समिक्षाले एउटा लामो भावुक स्टाटस लेखेकी छिन्। आफू गलत नहुँदा पनि चरीत्रमाथि बारम्बार प्रश्न उठाइरहँदा निकै दुखी भएको कुरा समिक्षाले स्टाटसमा उल्लेख गरेकी छिन्।
समिक्षाले आफू कुनै चरित्रहिन छोरी नभएको पीडा स्टाटसमा पोखेकी छिन्। ‘कुनै पनि घटना कथाबस्तुको वास्तविकता अर्कै हुन्छ तर देखाउँदा त्यसलाई फरक ढंगले देखाइन्छ, समिक्षाले स्टाटसमा लेखेकी छिन्, ‘अनी हेर्नेले बुझ्नेले पनी त्यसरीनै हेर्छन् र बुझ्छन् । अनि कसैलाई गालीको बर्षात हुन्छ त कसैलाई तालीको । चलचित्रको कथा जस्तै मेरो जीन्दगीको कथा पनी त्यस्तै छ । अगाडी बढ्न खोज्छु मेरा पाईला पछाडी तानिन्छन् । मन भित्रको वह सुनाउन खोज्छु हासो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कहिकतै भुलाउन खोज्छु तर जताततै अध्यारो देख्छु । ए मेरो पनि भावना छ तपाईको जस्तै। मेरो पनि मन छ तपाईको जस्तै आशु झर्दा दुख्छ, पोल्छ । लाग्छ अब त मेरा हरकुरा अर्थहीन हुन् जस्तो। म गलत छैन, म कुनै चरित्रहीन छोरी होईन मेरो पनि परिवार छ तपाईको जस्तै । पर्दामा देखीएका हरेक कुरा सहि हुदैनन् । सत्यता त मनमै अड्किएर बसेको हुन्छ ।’
समिक्षाको यो भावुक स्टाटसबाटै थाहा हुन्छ कि उनी कस्तो पीडा सहेर बाँचिरहेकी छिन् भन्ने कुरा। उनलाई बाँचिरहेको जीवन अध्यारो लाग्छ अचेल। चलचित्रको कथा जस्तो आफ्नो जीवन भएको समिक्षाले बताएकी छिन् ।
उनले भावुक स्टाटस सार्वजनिक गर्ने बित्तिकै हजारौं फेसबुक प्रयोगकर्ताले लाइक अनि कमेन्ट गरिरेका छन्। जहाँ अझै पनि नकारात्मक कमेन्ट गर्नेहरुको ओइरो छ। तर अधिकांशले चाहिँ सकारात्मक कमेन्ट पनि गर्दै समिक्षालाई ढाडस दिइरहेका छन् ।
तर एउटा कुरा समिक्षासँगै एउटै घटनामा जोडिएका अभिनेता पल शाह जेल बाहिर निक्सिएर सम्बन्धित पक्षलाई गाली गलौज नगर्न आग्रह गर्दा समेत पलका समर्थकले नकारात्मक कमेन्ट गर्न छोडेका छैनन् । जुन निकै दु:खद कुरा हो। अदालतले सबैकुरा छर्लङ्ग पारिसक्दा पनि एउटी नारीको जीवनमा सधै अगाध पुग्ने गाली गरिरहने पलका समर्थकमा चाहिँ चेत आउन जरुरी छ।
जसरी समीक्षा जीवनमा मुभअन हुन खोजिरहेकी हुन्छिन्,त्यति नै बेला फेरि कुनै ट्रोल मार्फत समिक्षाको चरित्रहीन गर्दै मजाक बनाइन्छ। जुन कुरा अतिनै दु:खद छ। त्यसैले पनि होला समिक्षाले आफ्नो मन भुलाउन बेलाबेला स्टाटस मार्फत पीडा पोखिरहेकी हुन्छिन्।
हाल समीक्षा अष्ट्रेलियामा छिन्। एक कार्यक्रमका लागि भनेर करिव २ महिना अघि अष्ट्रेलिया पुगेको समीक्षा अझै सम्म उतै छिन्। अष्ट्रेलियाका विभिन्न सहर घुमेर मनलाई आनन्दित दिइरहेकी छिन् उनले।
त्यसो त, बेलाबेला टिकटक भिडियो बनाएर, टिकटक लाइभ आएर पनि मन भुलाइरहेको पाइन्छ। समिक्षासँगै उनकी दिदी सर्मिला अधिकारी पनि अष्ट्रेलियामा छिन्। समिक्षाको जीवनमा उक्त घटना घट्दा दिदी शर्मिलाले उनलाई ठूलो साथ दिएकी थिइन्।
फिल्मीपत्र
प्रतिक्रिया