नेपालगन्ज : नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट चलचित्र ‘बुलाकी’ प्रदर्शनमा आउँदैछ। रिलिजको अघिल्लो दिन बिहीबार यो चलचित्रको नेपालगन्जमा च्यारिटी शो हुनेभएको छ।
नेपालगन्जको क्युएफएक्स सिनेमाज बागेश्वरीमा हुने च्यारिटी शो’का लागि नायिका सुरक्षा पन्त नेपालगन्ज आउन लागेकी हुन्। नीलसागर सेवा आश्रम नेपालगन्जको आयोजनामा च्यारिटी शो गर्न लागिएको बताइएको छ।
सहयोगार्थ स्वरुप च्यारिटी शो गर्न लागेको नीलसागर सेवा आश्रम स्रोतले जनाएको छ। सुरक्षाका अलावा ‘बुलाकी’का कलाकार नरेन खड्का र निर्माता बिराज बिष्ट पनि नेपालगन्ज आउने छन्।
बिहान ८ बजेबाट शो सुरु हुने र सुरक्षा पन्त लगायतको ‘बुलाकी’ टिमले दर्शकसँगै बसेर चलचित्र हेर्ने जनाइएको छ।