दीपक भन्छन् – ‘बोर्डमा अध्यक्ष आएपछि हाम्रो क्षेत्रमा जताततै लफडा छ’

काठमाडौं : त्यसो त यो वर्षको अन्त्य सिनेमा ‘बहाव’ले गर्‍यो। यो वर्षको अन्तिममा यही सिनेमा रिलिज भयो। जुन सिनेमा हाल सुस्त गतिमा प्रदर्शनरत छ। यस् वर्ष चलचित्र विकास बोर्डले वर्षभरि रिलिज भएका सिनेमा र सिनेमाको कमाईको तथ्यांक सार्वजनिक गरेको छ।

विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकमा अभिनेता दीपकराज गिरीले आपत्ति जनाएका छन् । बुधबार फेसबुकमा एक स्टाटस लेख्दै दीपकले आपत्ति जनाएका हुन्। ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ’- दीपकले स्टाटसमा लेखेका छन् ।

साथै, दीपकले विकास बोर्डका अध्यक्ष भुवन केसी माथि समेत आरोप लगाएका छन्। अध्यक्ष आएपछि सिनेमा क्षेत्रमा जताततै लफडै लफडा रहेको दिपकको आरोप छ।

विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकमा दिपक-दीपाको चलचित्र ‘छक्का पन्जा ४’को कमाई १६ करोड ९४ लाख उल्लेख गरिएको छ। सायद दीपकलाई कम कमाई उल्लेख गरियो भनेर आपत्ति भएको होकि !

प्रतिक्रिया

TOP