नेपालगन्ज : लोकप्रिय गायिका अस्मिता अधिकारी सोमबार नेपालगन्जमा थिइन्। युवासंघ नेपालको ९ औं महाधिवेशनमा आफ्नो सांगीतिक प्रस्तुति दिनको लागि अस्मिता नेपालगन्ज आएकी हुन्।
अस्मिताले स्टेजका उक्लिने बित्तिकै आफ्नो प्रस्तुति दिएकी थिइन्। उक्त कार्यक्रममा युवासंघका हजारौं कार्यकर्ताहरू उपस्थित थियो। त्यससो त, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पनि कार्यक्रममा उपस्तिथि रहेको थियो।
स्टेजमा चढेर माइक हातमा पर्ने बित्तिकै अस्मिताले केपी ओलीको अगाडि आफूले प्रस्तुति राख्ने अवसर पाउँदा खुशी लागेको बताइन्। त्यति मात्रै कहाँ होर अस्मिताले आफू पनि झापाको र केपी ओली पनि झापाको भएर पनि पहिलोपटक भेटेर सांगीतिक अवसर जुरेको बताइन् ।
कार्यक्रम सकिएपछि अस्मिताले केपी ओलीसँग हात मिलाइन्। ओलीले पनि हर्षित मुद्रामा अस्मितासँग हात मिलाएका थिए। हात मिलाउँदा खुशी हुँदै मख्ख थिइन् अस्मिता। निकै उत्साहित देखिन्थिन् उनी। ओलीसँग अस्मिताले कानेखुसी समेत गर्न भ्याइन्। कानेखुसी सकिएपछि अस्मिताले ओलीसँग केही तस्वीर खिचाएकी थिइन्।
झन्डै २० मिनेट बढी अस्मिताले स्टेजमा आफ्नो प्रस्तुति दिएकी थिइन् । ‘टाढा भएपनि’ र ‘रमरम मरौटी’ गीत गाएर उपस्थित सबैलाई झुमाएकी थिइन्। अस्मिताले गीत गाइरहँदा केपी ओलीले अस्मिताको अनुहार तिर हेरेर मुसुमुसु मुस्कुराउँदै गीत सुनिरहेका थिए।
अस्मिताका अलावा गायक बद्री पंगेनी, गायक विश्व नेपाली, गायक प्रकाश तिमिल्सिना लगायतका कलाकारहरुले पनि महाधिवेशनमा आफ्नो प्रस्तुति राखेका थिए।