‘ज्याकी’ : ‘योद्धा’ गीतमा धिरज र जसिताको कडा मिहेनत

काठमाडौं : आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ज्याकी : आइएम ट्वान्टी वान’को नयाँ गीतलाई यतिबेला दर्शकले रुचाइरहेका छन् ।

निर्माण टिमले केही दिन अघि रिलिज गरेको ‘योद्धा’ बोलको गीतको अडियो भिडियो दुबैलाई दर्शकले प्रशंसा गरेका छन् । गीतमा त्रिसला गुरुङ र प्रसिद राजोपध्यायको आवाज छ।

गीतको शब्द स्वप्निल शर्माले लेखेका हुन्।भने, संगीत रोहित शाक्य र स्वप्निल शर्माको रहेको छ। गीत डान्सिङ प्याटर्नमा आधारित छ।

गीतको भिडियो निकै आकर्षक बनाइएको छ। भिडियोमा यसै चलचित्रका मुख्य पात्र जसिता गुरुङ र धिरज मगरको धमाकेदार नृत्य देख्न सकिन्छ । धिरज र जसिताको निकै कडा मिहेनत भिडियोमा देख्न सकिन्छ।

डान्सको कथामा आधारित यो चलचित्र नेपालको पहिलो हो। सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद चलचित्रमा रहेको छ।

चलचित्रमा धिरज र जसिताका अलावा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको समेत अभिनय रहेको छ। चलचित्रमा जसिता ‘रुबी’को भुमिकामा रहेकी छिन्।

चलचित्र आईकोर फिल्मसको ब्यानरमा निर्माण भएको हो। निर्माण टिमले चलचित्रको सम्पुर्ण पब्लिसिटी डिजाइन एवम् सामाग्रीको लागि रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)लाई दिएको छ।

प्रतिक्रिया

TOP