काठमाडौं : आगामी वैशाख २१ गतेबाट चलचित्र ‘ज्याकी’: ‘आईएम ट्वान्टी वान’ प्रदर्शनमा आउँदै छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारप्रसारलाई तिव्रता समेत दिएको छ।
फर्स्टलुक पोस्टरबाटै एक खालको चर्चा कमाएको यस् चलचित्रको टिजर र गीत रिलिजपछि त झन् चर्चा बढेको छ। टिजरले एक खालको कौतुहलता दर्शकमाझ जगाइरहेको बेला ‘कथा’ बोलको गीतले झन् उत्साहित बनाएको छ।
युट्युबको कमेन्ट बक्समा दर्शकको प्रतिक्रिया हेर्ने हो भने, सकारात्मक प्रतिक्रिया मात्रै देख्न पाइन्छ। धेरैले चलचित्रको रिलिज मिति कुरेर बसेको बताएका छन्। धेरैले यस्तो खालको चलचित्रले नयाँ खालको आनन्द दिने बताएका छन्।
त्यसो त, युट्युबमा ‘कथा’ बोलको गीतमा दर्शकको कमेन्ट हेर्ने हो भने जसिता गुरुङ र धिरज मगरको जोडीको तारिफ गरेका छन्। भिडियोको कोरियोग्राफीको पनि तारिफ छ।
एकजना भोल नाम गरेका दर्शकले त गीतको भिडियोमा ‘म्याजिकल गीत र म्याजिकल प्रस्तुति’ रहेको युट्युबको कमेन्ट बक्समा उल्लेख गरेका छन् । जसिता र धिरजको जोडीलाई मात्र नभएर भिडियोमा गरेको मिहेनतलाई पनि तारिफ गरिएको छ।
हालसम्म ‘कथा’ गीतलाई करिब ८ लाख ६३ हजार बढी पटक युट्युबमा हेरिएको छ।गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको आवाज छ। गीतको शब्द किरण थापाले लेखेका हुन्।भने, संगीत रोहित शाक्य र किरण थापाको संयुक्त रहेको छ।
चलचित्रलाई रेनशा वान्तवा राईले निर्देशन गरेकि हुन्। डान्सको कथामा आधारित यो चलचित्र नेपालको पहिलो हो। सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद चलचित्रमा रहेको छ।
चलचित्रमा धिरज र जसिताका अलावा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको समेत अभिनय रहेको छ। चलचित्रमा जसिता ‘रुबी’को भुमिकामा रहेकी छिन्।
चलचित्र आईकोर फिल्मसको ब्यानरमा निर्माण भएको हो। निर्माण टिमले चलचित्रको सम्पुर्ण पब्लिसिटी डिजाइन एवम् सामाग्रीको लागि रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)लाई दिएको छ।