काठमाडौं : अष्ट्रेलिया कार्यक्रम सकेर नेपाल फर्किएकी गायिका एलिना चौहान देशका कार्यक्रममा पुनः सक्रिय हुन थालेकी छिन्। एलिना सोमबार मात्रै प्रस्तुतिका लागि रुकुममा जारी महोत्सवमा पुगेकी थिइन् ।
सोमबार विहानैबाट देशका विभिन्न स्थानमा झरी परिरहेको थियो। एलिनाको प्रस्तुति पनि झरीबाट अछुतो रहन सकेन।
जब एलिनाले स्टेजमा गीत गाइरहेकी थिइन्, त्यतिबेला आकाशबाट झरी परिरहेको थियो। झरी पर्दा दर्शकको अभाव हुन्छ कि भन्ने थियो। तर ठिक उल्टो भयो।
झरिका बाबजुद पनि दर्शकको भिड खचाखच थियो। छाता ओढेर भएपनि रुकुमेली दर्शक एलिनाको प्रस्तुतिमा झुमिरहेका थिए। हातमा छाडा लिएरै एलिनाको प्रस्तुति हेर्न पुगेका थिए दर्शकहरु।
एलिनाले पछिल्लो समयको लोकप्रिय गीत ‘धोकेबाज’ गाइरहँदा त झरिले चिसो बनेको माहोल तात्तिएको थियो। एलिनाले झरिलाई प्रवाह नगरि निरन्तर आफ्ना दर्जनौं गीतहरु स्टेजमा प्रस्तुत गरेकी थिइन् ।
झरिले नरोकेको रुकुमेली दर्शकको माया तस्वीरमा हेर्नुस् :-