काठमाडौं : यतिबेला नायक प्रदीप खड्काको एउटा भिडियो क्लिप्स निकै भाइरल छ। भिडियोमा प्रदीपले गीत गाइरहेका छन्। ‘काफल खान्या क्युईया’ बोलको गीत प्रदीपले गाइरहेको देख्न सकिन्छ उक्त भिडियोमा।
गाउँले भेषमा देखिएका छन् प्रदीप। अहिले उक्त भेषमा गीत गाइरहेका प्रदीप सामाजिक संजाल टिकटक लगायत फेसबुकमा भाइरल छन् । धेरैले डुप्लिकेट प्रदीप भनेर कमेन्ट गरेका छन् ।
कतिपयले त भिडियोमा देखिएका ती प्रदीप नभएर अरु कसैले नक्कल गरेको पनि भनेका छन्। तर भिडियोमा देखिएका ति युवक प्रदीप खड्का नै हुन् ।
चलचित्र ‘प्रकाश’को सुटिङका क्रममा प्रदीप जुम्ला पुगेका थिए। सुटिङकै क्रममा प्रदीपले रमाइलोका लागि ‘काफल खान्या क्युईया’ बोलको गीत गाएका थिए। सोही क्रममा प्रोडक्सन टिम मध्येका एक सदस्यले उक्त भिडियो ‘पर्दा पछाडीको दृश्य’को रुपमा खिचेर युट्युबमा अपलोड गरेका थिए।
त्यसी क्लिप्स अहिले सामाजिक संजाल टिकटक लगायत फेसवुकमा भाइरल भएको हो। सुरुमा टिकटकबाट भाइरल भएको उक्त भिडियो क्लिप्स विस्तारै फेसबुकमा समेत भाइरल बनेको हो।
अत्याधिक रुचाइएको चलचित्र ‘प्रकाश’मा प्रदीपले निभाएको क्यारेक्टर नै भाइरल भएको क्लिप्समा देख्न सकिन्छ।