
काठमाडौं : पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय गायक हुन् देवेन्द्र बब्लु। प्रेमिला गीत गाउन खप्पिस गायक बब्लु हाल विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त छन्।
देशका प्रायः कन्सर्ट एवम् मेला महोत्सवका कार्यक्रममा सहभागी बनिसकेका बब्लु विदेश कार्यक्रममा भने सहभागी भएका थिएनन्।
हालैमात्र देवेन्द्रले विदेश यात्रा पनि सुरु गरेका छन् । अहिले देवेन्द्र अष्ट्रेलियामा छन्। केही दिन अघि देवेन्द्र सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया उडेका थिए। सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया देवेन्द्रको पहिलो विदेश यात्रा हो।
अष्ट्रेलियामा हुने ‘नेपाल फेस्टिवल एडिलेड २०२३’मा सहभागीता जनाउन बब्लु अष्ट्रेलिया पुगेका हुन्। १८ मार्चमा हुने यो कार्यक्रममा देवेन्द्रले आफ्ना दर्जनौं गीत प्रस्तुत गर्नेछन्।
हालसम्म देशभित्रका दर्जनौं कार्यक्रममा आफ्नो प्रस्तुति दिएर अनुभव बटुली सकेका देवेन्द्रको अष्ट्रेलियाको कार्यक्रम पहिलो विदेश अनुभव हुनेछ।
पछिल्लो समय सांगीतिक ब्यान्ड संचालन गरेर देवेन्द्रले सांगीतिक प्रस्तुति दिँदै आएका छन्। गीत गाउन मात्रै नभएर देवेन्द्र गीत सृजना गर्न पनि निकै अब्बल छन्। उनले आफ्नो लागि आफै गीत सृजना गर्ने गर्छन् ।
‘कसरी’, ‘भेटै हुन्न कि ?’, ‘म हाँसे हास्छौ र ?’, ‘म त पर्खेको पर्खै छु’, ‘दिल दुखो’ लगायतका गीतहरू देवेन्द्रका लोकप्रिय गीतहरूमा पर्छन्।