
नेपालगन्ज : पछिल्लो समय आफ्नो अभिनय तथा गायिकीले दर्शक स्रोताको मन जित्दै आएका कलाकार एवम् गायक हुन देवेन्द्र बब्लु। सधै अरु भन्दा केही फरक गर्न रुचाउने बब्लुले यस पटक पनि दर्शक स्रोताको लागि फरक कोसेली बजारमा सार्वजनिक गरेका छन् ।
उनले शुक्रबार “मुसुक्क हाँस” बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा देवेन्द्रकै स्वर रहेको छ। उनलाई स्वरमा लोकप्रिय गायिका मेलिना राइले साथ दिएकी छिन् । गीतमा शब्द तथा संगीत देवेन्द्रकै रहेको छ। एक प्रेमिल जोडिको माया प्रेमलाई देवेन्द्रले गीत मार्फत प्रस्तुत गरेका छन् । गीत एकदम मेलोडियस छ।
देवेन्द्रले गीतको अडियोसंगै भिडियो पनि आकर्षक अनि उत्कृष्ट बनाएका छन् । भिडियोमा कलाकार रोशनी कार्कीसंगै स्वयं देवेन्द्रले अभिनय गरेका छन् ।भिडियोमा देवेन्द्र र रोशनीको केमिस्ट्री गज्जबको देखिएको छ।
भिडियोका निर्देशक पनि देवेन्द्र नै हुन् । ब्ल्याक लाइट पिक्चर्सको प्रस्तुती रहेको भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् । भिडियो देवेन्द्र बब्लुको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो..