काठमाडौं : गायिका अस्मिता डल्लाकोटीको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। केही दिन अघि सार्वजनिक भएको ‘सेतो कमेरो’ बोलको गीतमा अस्मितालाई गायनमा विरु कार्कीले साथ दिएका छन् ।
गीतको शब्द युवा सर्जक कृष्ण बस्यालले लेखेका हुन् । संगीत भने गीतमा गायक कार्कीकै रहेको छ। गीत मौलिकपनमा आधारित छ।
गीतको भिडियो गाउँमा छायांकन गरिएको छ। भिडियोमा विरु कार्की, प्रतिमा कार्की लगायतका कलाकारलाई देख्न सकिन्छ।
भिडियोको निर्देशन पनि विरुले नै गरेका हुन्। अनुराग सापकोटाले खिचेको भिडियोलाई नवीन केसीले सम्पादन गरेका छन् ।