काठमाडौं : अमेरिका रहेर पनि नेपाली कलाकारिता क्षेत्रलाई औधी माया गर्ने कलाकार हुन् कृष जंग खड्का। म्युजिक भिडियो अभिनयमा निकै रुचि राख्ने कृष अभिनित नयाँ म्युजिक भिडियो यतिबेला बजारमा छ।
केही दिन अघि रिलिज भएको ‘कोहि त मेरो’ बोलको म्युजिक भिडियोमा कृषलाई देख्न सकिन्छ। भिडियोमा समावेश गीतमा लोकप्रिय गायिका प्रविशा अधिकारी र गायक सुमन केसीको मेलोडियस आवाज रहेको छ।
गीतको शब्द विष्णु भण्डारीले लेखेका हुन् भने संगीत चाहिँ सरोज पोखरेलको रहेको छ। गीत निकै प्रेमिल छ। गीतको अडियो अनुसार भिडियो पनि आकर्षक छ।
भिडियोमा कृषको जोडीमा कलाकार स्मारिका ढकाल छिन्। रोमान्टिक अवतारमा कृष र स्मारिका भिडियोमा प्रस्तुत छन्। सम्भवतः कृषको यो डेव्यु म्युजिक भिडियो हो।
नेपाल आएको मौका छोपी कृषले आफ्नो अभिनय यात्रालाई यसै भिडियो मार्फत सुरु गरेका हुन् । भिडियोमा उनको अभिनय हेर्दा नयाँ कलाकार जस्तो लाग्दैनन् कृष। त्यसो, स्मारिका र कृषको केमिस्ट्री भिडियोमा गजब देखिएको छ।
भिडियोलाई साजन कट्टेलले निर्देशन गरेका छन् । आकर्षक फ्रेममा दिनेश पराजुलीले भिडियो खिचेका हुन् भने सम्पादन राकेश दाहालले गरेका छन् ।