नेपालगन्ज : यतिबेला हलमा चलचित्र ‘छक्का पन्जा ४’ले आक्रमक व्यापार गरिरहेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले देशभर हाउसफुलको व्यापार गरिरहेको छ।
चलचित्रले नेपालगन्जमा समेत आक्रमक व्यापार गरिरहेको छ। नेपालगन्ज स्थित क्युएफएक्स सिनेमाज बागेश्वरीमा शनिबार चलचित्रका ५ शो हाउसफुल भएका छन् ।
विहानी शो’बाटै ‘छक्का पन्जा ४’ हेर्न आउने दर्शकको संख्या खचाखच थियो। कतिपय दर्शक त हाउसफुलका कारण टिकट नपाएर निराश हुँदै फर्केका पनि थिए। नेपालगन्जमा शनिबार यो चलचित्रलाई ६ शो दिइएको थियो।
त्यसो त, छैटौं शो पनि लगभग ९५ प्रतिशत हाउसफुल नै थियो। जे होस् यतिबेला देशैभर चलचित्रले दर्शकको माउथपब्लिसिटी राम्रो पाइरहेको छ। हेर्ने दर्शकले चलचित्रको तारिफ गरेका छन्।
कमेडी र राजनीति बेथितिको बारेमा बनेको ‘छक्का पन्जा ४’ मा दिपकराज गिरीको कथा र लेखन रहेको छ। चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।
यो चलचित्रका कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा रहेका छन् । त्यस्तै, दिपेन्द्र खानिया र केशव न्यौपाने निर्मातामा रहेका छन् ।
चलचित्रमा दिपकराज गिरी, दिपाश्री निरौला, बेनिशा हमाल, राज आचार्य, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ।