काठमाडौं : बहुप्रतिक्षित दुई चलचित्रहरु ‘छक्का पन्जा ४’ र ‘२.० छ्ड्के’ आज शुक्रबारबाट देशभर रिलिज भएका छन् । टिजर, ट्रेलर र गीतबाट दर्शकको मन जितेका यी दुई चलचित्रहरु एकसाथ रिलिजमा आएका हुन् ।
हेमराज बिसी निर्देशित ‘छक्का पन्जा ४’लाई सिंगल तथा मल्टिपिलेक्समा निकै राम्रो शो दिइएको छ। त्यसो त ‘२.० छ्ड्के’लाई पनि राम्रो शो दिइएको छ। तर ‘छक्का पन्जा ४’को तुलनामा ‘२.० छ्ड्के’लाई अलि कम शो छ।
जे होस् यि दुई चलचित्रले नै राम्रो व्यापार गर्ने आँकलन गरिएको छ। कमेडी र राजनीति बेथितिको बारेमा बनेको ‘छक्का पन्जा ४’ मा दिपकराज गिरीको कथा र लेखन रहेको छ।
यो चलचित्रका कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा रहेका छन् । त्यस्तै, दिपेन्द्र खानिया र केशव न्यौपाने निर्मातामा रहेका छन् ।
चलचित्रमा दिपकराज गिरी, दिपाश्री निरौला, बेनिशा हमाल, राज आचार्य, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
त्यस्तै, यता ‘२.० छड्के’लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसीको प्रमुख अभिनय रहेको छ। लामो समयपछि अनमोल यो चलचित्र मार्फत दर्शक माझ आउँदैछन् ।
काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको यस् चलचित्रसंग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका चलचित्रको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।
चलचित्रमा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् ।