काठमाडौं : नाबालिक बालिका बलात्कार आरोपमा करिब १ वर्षदेखि जेलमा रहेका नायक पल शाहले सफाइ पाएका छन् । उच्च अदालत पोखराबाट पलले आइतबार सफाइ पाएका हुन् ।
दाबी अभियोग नपुगेको भन्दै न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले पललाई सफाइ दिएको हो।
सफाइ पाएपछि पललाई सोमबार रिहा गरिने बताइएको छ। पलले रिहा भएपछि घरमा १ महिना आराम गर्ने र त्यसपछि चलचित्र एवम् म्युजिक भिडियो अभिनयमा फर्किने पनि बताइएको छ।