
नेपालगन्ज : यतिबेला देशभरका हलहरुमा चलचित्र ‘फूलबारी’ प्रदर्शनरत छ। शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रको शो नेपालगन्जमा थप गरिएको छ।
दर्शकको संख्या दिनानुदिन बढ्दै गएपछि सोमबारबाट ३ शो दिइएको नेपालगन्ज स्थित क्युएफएक्स सिनेमाज बागेश्वरी स्रोतले जनाएको छ।
शुक्रबार र शनिबार भन्दा आइतबार दर्शकको संख्या अलि वृद्धि भएको बताइएको छ। त्यसो त, राजधानीमा समेत हलहरुले शो थपेका छन् ।
अहिले चलचित्रले राम्रो समीक्षा पाइरहेको छ। यो चलचित्र हेर्ने दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया आइरहेको छ।
एउटा परिवारमा आउने उतारचढावको कथामा आधारित यस् चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। विशेषगरी आफ्नो करिअर बनाउन लगनशील सन्तान र सन्तानलाई त्यसलायक बनाउन शिक्षक पेशामा अवकाश पाइसकेका अभिभावक बीचको चाहना चलचित्रमा रहेको छ।
यशोदा फिल्म्सको ब्यानरमा निर्माण भएको यस् चलचित्रमा कमल किशोर मुलपानीको कथा रहेको छ भने उपेन्द्र सुब्बाको लेखन रहेको छ।
चलचित्रमा विपिन कार्की, दयाहाङ राई, अरुना कार्की, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के लगायतका कलाकारहरुको अभिनय रहेको छ।चलचित्रलाई जोश हेरुमले खिचेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।