
काठमाडौं : हिट ब्रान्ड ‘छक्का पन्जा’को चौथो सिक्वेलको ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार ३ मिनेट २१ सेकेन्डको ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा चलचित्रका प्रायः कलाकारलाई अटाइएको छ। कमेडी र पछिल्लो समयको समसामयिक राजनीतिलाई ट्रेलरमा देखाइएको छ। त्यसो त, यस् भन्दा अघिका सिरिजमा पनि राजनीतिक विषय वस्तुलाई कमेडी तरिकाले देखाइएको थियो।
हेमराज बिसी निर्देशित चलचित्रमा दिपकराज गिरी, दिपाश्री निरौला, बेनिशा हमाल, राज आचार्य, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा तयार यस् चलचित्र आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउँदैछ। दिपकराज गिरीको कथा एवम् लेखन चलचित्रमा रहेको छ।
चलचित्रको कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा रहेका छन् । त्यस्तै, दिपेन्द्र खानिया र केशव न्यौपाने निर्मातामा रहेका छन् ।