नेपालगन्ज : चर्चित गायिका ज्योति मगरले नेपालगन्जका दर्शकलाई व्यापक झुमाएकी छिन् । नेपालगन्जमा जारी महोत्सवमा बुधबार आफ्नो प्रस्तुति दिन आएकी ज्योतिले आफ्नो प्रस्तुति मार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिएकी हुन् ।
करिब डेढ घण्टा लगातार आफ्नो प्रस्तुति ज्योतिले दिएकी थिइन्। अन्य दिनभन्दा बुधबार नेपालगन्जमा जाडो थियो। तर पनि ज्योतिले स्टेजमा आफ्नो प्रस्तुति दिँदै गर्दा दर्शकहरु नाचेर ज्यान तताएका थिए।
‘जिम्माल बाउकी छोरी’, ‘जाले रुमाल’, ‘ढाडे बिरालो’, ‘उहीँ मुलाको सिन्की’ लगायत दर्जनौं गीत ज्योतिले स्टेजमा गाएकी थिइन् ।