ज्ञानु संगम खड्का/नेपालगन्ज : पछिल्लो समय कोरोना भाइरस अनि त्यसपछि भएको लकडाउनका कारण नेपाली चलचित्र क्षेत्र ठप्प छ। केही दिन अघि लकडाउन खुलेपनि चलचित्र हल, विद्यालय , डान्सबारलाई चाहिँ सरकारले अझै खोल्न अनुमति दिएको छैन ।
ठप्प रहेको चलचित्र क्षेत्रलाई केही मात्रामा चलायमान बनाउन केही कलाकारहरुले विभिन्न सर्ट मुभी निर्माण गरिरहेका छन् । यसैबीच, नेपालगन्जका सकृय पत्रकार रामु ओलीको कथा रहेको सर्ट मुभी “एटिएम”को अफिसियल ट्रेलर आज रिलिज भएको छ।
ट्रेलरमा कपिल मगर, हरि राणा, अलिसा बम लगायतका कलाकारहरुलाई देखाइएको छ। एउटा मध्यम वर्गको केटा र धनी वर्गकी केटि बीचको प्रेम सम्बन्धलाई रामु ओलीले कथामा उतारेको निर्माण टिमले जनाएको छ।
सर्ट मुभीका निर्देशक भरत लामा हुन् । ट्रेलर हेर्दा उनले कथालाई उत्कृष्ट तरिकाले स्क्रिन प्ले गरेको अनुमान लगाउन सकिन्छ।
निर्माण टिमका अनुसार भरत लामाको अफिसियल युटुब च्यानलबाट पूरा सर्ट मुभी आगामी २९ जुलाईमा रिलिज हुनेछ। हेर्नुस् ट्रेलर