काठमाडौं : भनिन्छ नि कुनै काममा निरन्तर लागिरह्यो भने एकदिन अवश्य सफल भइन्छ भनेर। हो, यहीँ भनाइको ज्वलन्त उदाहरण बनेका छन् यतिबेला संगीतकार तथा गायक तिलक सिङ पेला।
उनले गाएको ‘के लत बस्यो’ बोलको गजल गीत यतिबेला चारैतिर लोकप्रिय छ। रिलिज भएको दिनदेखि नै दर्शक स्रोताको माया पाउन सफल यस् गजलमा पेलाको संगीत सँगै आवाज रहेको छ।
गजलका रचनाकार भने डाक्टर प्रदीप मैनाली हुन् भने अरेन्जर चाहिँ रिदम कँडेल हुन् । झट्ट सुन्दा नै मन छुने यस् गजललाई टिकटक, फेसबुक लगायत युट्युबमा रुचाउने दर्शक स्रोता बढ्दो क्रममा छन् ।
जीवनको निकै लामो समय संगीत साधनामा बिताएका पेलाको जीवन यो गजलले फेरिदिएको छ यतिबेला भन्दा फरक नपर्ला। उनी दिनहुँजसो कुनै न कुनै मिडियालाई अन्तर्वार्ता दिइरहेको भेटिन्छन् हिजो आज।
करिब १३ दिन अघि पेलाले आफ्नै युट्युव च्यानबाट यो गजल गीत सार्वजनिक गरेका थिए। भिडियो निर्माण यसै गजलकाम्युजिक अरेन्जर रिदम कँडेलले गरेका हुन् ।
हालसम्म करिब २७ लाख बढी भ्युज, १ लाख बढी लाइक र १३ हजार बढी निकै सकारात्मक कमेन्ट गजलले युट्युबमा पाएको छ।
यो गजल रिलिज भएपछि दर्शक स्रोताले मात्रै होइन नेपाली सांगीतिक क्षेत्रका निकै लोकप्रिय गायक- गायिकादेखि लिएर राजनीतिक व्यक्तितब समेतले फेसबुकमा सेयर गरेर निकै राम्रो प्रशंसा गरेका छन् ।
गजल रिलिजपछि पेला र रचनाकार मैनालीलाई विभिन्न मिडियामा अन्तर्वार्ता दिन भ्याइनभ्याई छ। एउटा रोचक कुरा त के छ भने यस् गजल गीतको भिडियो मोबाइलले खिचिएको हो रे।
एक मिडियामा गायक पेलालाई गजलको भिडियो मोबाइलबाट खिचेको बताएका छन्। ‘यो गजल गीतको भिडियो मोबाइलबाट खिचिएको हो। हामीसँग क्यामर थिएन। रिदम बाबुको आइफोनबाट भिडियो खिचेका हौं ।’
साथै, गजल यसरी चौतर्फी चल्छ होला भनेर आफुले कल्पना नै नगरेको पेलाले बताएका छन् । जे होस् गीतको अडियो सबै कुरामा अब्बल भयो भने सामान्य भिडियो बनाउँदा पनि हिट हुन्छ भन्ने उदाहरण ‘के लत बस्यो’ बनेको छ।