सौगात र ममताको आवाजमा ‘दिलको छेउ कुनामा’

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत युवा गायक सौगात जंग थापाको आवाजमा नयाँ गीत रिलिज भएको छ। केही दिन अघि रिलिज ‘दिलको छेउ कुनामा’ बोलको गीतमा सौगातसँगै ममता गुरुङको मेलोडियस आवाज सुन्न सकिन्छ।

गीतको शब्द गोपी दाहालले लेखेका हुन् भने संगीत चाहिँ सौगातले सृजना गरेका हुन् । विशाल निरौलाको गीतमा म्युजिक अरेन्जमेन्ट रहेको छ।

सुन्दा प्रेमिल लाग्ने अडियोको भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा गोपी दाहाल र प्रेक्षा बानियाँ फिचर्ड छन् ।

प्रकाश धिताले निर्देशन गरेको भिडियोलाई आकर्षक फ्रेममा उत्सव दाहालले खिचेका हुन् भने तारा थापाले सम्पादन गरेका हुन् । भिडियो..

प्रतिक्रिया

TOP