नेपालगन्ज : मोडल मन्जु पुरी र सुमी पुरीको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। “नरोउ नरोउ निरमाया” बोलको म्युजिक भिडियोमा मन्जु र सुमिका अलवा ओबी रायमाझी र सालिक भण्डारी फिचर्ड छन् ।
पहिलो म्युजिक भिडियो भएपनि मन्जु र सुमीको अभिनय तारिफ योग्य छ। ओबी, मन्जु र सुमीको केमिस्ट्री भिडियोमा आकर्षक देखिएको छ।
गीतको अडियो एकदमै मेलोडियस छ। समग्रमा भिडियो आकर्षक बनेको छ। भिडियोलाई क्रान्ती केसीले निर्देशन अनि सम्पादन गरेका छन् भने अजय रेग्मी भिडियो खिचेका हुन्
गीतमा रचना रिमाल र अहिलेका चर्चित गायक एवम् सर्जक खेम सेन्चुरीको सुमधुर आवाज रहेको छ।
गीतमा खेमको संगीत रहेको छ भने नेत्र अर्यालको शब्द रहेको छ। गीतमा रचनाको गायिकी एकदम उत्कृष्ट छ। लोक दोहोरी गीत पनि गाउन सक्ने प्रमाणित रचनाले यसैगीतबाट गरेकी छिन् । रचनाको उक्त लोक दोहोरी गीत पहिलो भएपनि उनको आवाह परिपक्क आभास हुने गर्छ।
भिडियो ओबी रायमाझीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो..