
काठमाडौं : प्रवासमा रहेर पनि लोक संगीत क्षेत्रमा सदैव क्रियाशिल गायिका हुन् निशा केसी। हाल उनी अष्ट्रेलियामा छिन्। तर उनको रुचि भने लोक संगीतमा छ।
आफ्नो रुचिलाई निरन्तरता दिँदै निशाले अष्ट्रेलियाबाटै धेरै गीतहरू बजारमा ल्याइसकेकी छिन् । हालैमात्र उनले एउटा नयाँ गीत बजारमा रिलिज गरेकी छिन् ।
केही दिन अघि मात्रै ‘पानपाते फुली’ बोलको नयाँ गीत निशाले रिलिज गरेकी हुन् । जुन गीतमा निशासँगै विजय केसीको समेत सुमधुर आवाज सुन्न सकिन्छ।
गीतमा शिव हमालको शब्द अनि संगीत छ। डान्सिङ प्याटर्नमा आधारित उक्त गीत सुन्दा मौलिक लाग्छ। गाउँघरमा गाइने भाकालाई गीतको मेलोडीमा उतारिएको छ।
त्यसो त, भिडियो पनि आकर्षक एवम् मौलिक छ। भिडियोमा विजय पुन र नारायणी खत्रीको अभिनयसँगै गजबको नृत्य रहेको छ। भिडियोलाई होम गुरुङले निर्देशन गरेका हुन् । गणेश सापकोटा भिडियोका छायाँकार हुन् भने नवीन घर्तीमगरले भिडियो सम्पादन गरेका छन् । भिडियो..